अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

फ्रान्समा नेपाली जनसम्पर्क समितिले ४४ वौं राष्ट्रिय मेलमिलाप दिवस तथा चियापान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ पुष २२ गते १३:३४ मा प्रकाशित

नेपाली जनसम्पर्क समितिले ४४ वौं राष्ट्रिय मेलमिलाप दिवस तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । ५ जनवरी आइतबारको दिन फ्रान्सको औबर्भिलीय सहर स्थित कामरान रेस्टुराँमा सम्पन्न उक्त कार्यक्रममा फ्रान्समा जारी यातायात हडतालका बाबजुद पनि उल्लेख्य नेपालीहरूको उपस्थिति रहेको थियो। २०३३ साल पौष १६ गते नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला ८ वर्ष भारतको निर्वासन बाट राष्ट्रिय मेलमिलाप नीति सहित नेपाल फर्किएको उक्त दिनको सम्झनामा मनाइँदै आएको मेलमिलाप दिवसमाको कार्यक्रममा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना पनि आदान प्रदान गरिएको थियो ।

चियापान कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सुधीर रानाले गर्नु भएको थियो । नेपाली राजदूतावास फ्रान्सका महामहिम राजदूत दीपक अधिकारीको प्रमुख अथित्यतामा सम्पन्न कार्यक्रममा फ्रान्स स्थित क्रियाशील सबै सामाजिक सँग संस्थाका अध्यक्ष, प्रतिनिधिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।जन नेता बि. पी.को फोटो अगाडी दियो बालेर उधघाटन गरिएको कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष इन्द्र बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि महामहिम अधिकारीले बि. पी. राजनेता मात्र नभई कुशल साहित्यकार पनि भएको र उहाँको साहित्य नेपाली समाज परिवर्तनमा भूमिका खेलेको कुरा प्रकाश पर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले बि पी ले लिनुभएको नीति आजको दिनमा पनि उपयोगी रहेको र राष्ट्र सङ्कटमा परेको बेला आन्तरिक शक्तिहरूको एकताको विकल्प नरहेको कुरा राख्नु भएको थियो । मन्तव्य राख्ने क्रममा जनसम्पर्क समिति फ्रान्सका संरक्षक किरण चन्द्र प्रधान , संस्थापक अध्यक्ष निर्मल अर्याल , समितिका सल्लाहकार सुवर्ण हमाल , एन. आर. एन. ए. फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, एन. आर. एन. ए. फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल ,प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष भक्त वाग्ले, तमु समाजका उपाध्यक्ष लव्सन गुरुङ, गोर्खा समाजका उपाध्यक्ष रामेश्वर श्रेष्ठ, मगर समाज फ्रान्स, अध्यक्ष रमेश थापा, नेपाली रक्त दाता सङ्घ फ्रान्सका अध्यक्ष अनीश त्रिपाठी, पाकोफ़ेन फ्रान्सकी अध्यक्ष सुमित्रा प्रधान लगायतका वक्ताहरूले बि पी को नेपाली राजनीतिमा रहेको योगदानको चर्चा गर्नुभएको थियो ।

जनसम्पर्क समीत फ्रान्सका महामन्त्री कमल विक्रम के. सी. द्वारा सञ्चालित कार्यक्रममा जनसम्पर्क समितिले २०१९ मा नेपालमा शिक्षाको क्षेत्रमा गरेको सहयोगको जनाकारी सहित २०२० मा चेपाङ बस्तीको विद्यालयमा केही थान कम्प्युटर र प्रिन्टर सहयोग गर्ने योजना घोषणा गरिएको थियो । साथै समितिको पूर्णताको लागि सुजन राज भट्ट र बिराज मल्ललाई कार्यसमिति सदस्य मनोनयन पत्र सँगै स्वागत गरिएको थियो । कार्यक्रमको अन्त्यमा स्वादिष्ट समोसा, चियाको लागि र हल उपलब्ध गरिदिएकोमा कामरान रेस्टुराँलाइ धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई सभापतिले धन्यवाद दिए सँगै कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू