अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

अमेरिकाको न्युयोर्कमा फोहोर उठाउने गाडीको ठक्करले नेपाली बालकको मृत्यु

बिआरटीनेपाल २०७६ पुष २२ गते १३:१९ मा प्रकाशित

न्यु योर्क । न्यु योर्क सिटी डिपार्टमेन्ट अफ सेनिटेसनको फोहोर उठाउने ठक्कर दिँदा मङ्गलवार बिहान एक नेपाली बालक श्रीजल पन्थीको मृत्यु भएको छ ।  बाटो काट्ने क्रममा उक्त ट्रकले ती बालक र उनको आमा मिना पन्थीलाई ठक्कर दिएको हो । प्रत्यक्षदर्शीका अनुसार ट्रक बिहान ७ बजे ५७ एभेन्यू र ९७ स्ट्रिट स्थित ड्राइभवेबाट निस्किरहेको थियो ।

प्रत्यक्षदर्शी कृश अलिका अनुसार ट्रकको उचाइका कारण ड्राइभरले बाटो काटिरहेका आमा छोरा नदेखेको हुनसक्ने बताएका छन् । दुर्घटना लगत्तै एल्महस्र्ट अस्पताल लगिएका आमा छोरामध्ये छोराको अस्पतालमा मृत्यु भएको छ । आमाको उपचार भइरहेको छ । उनीहरू क्वीन्सस्थित लेफ्राक सिटीमा बस्ने नेपाली भएको जनाइएको छ । मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू