अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल १२ औं स्थानमा

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:३२ मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १२ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १ सय ९२ रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालपछि स्कटल्याण्ड रहेको छ । यस्तै नेपाल भन्दा तल टेष्ट राष्ट्र आयरल्याण्ड रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा अष्ट्रेलिया रहेका छन् । इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेका छन् ।

एकदिवसीय वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । टी–ट्वान्टीको महिलातर्फको वरियतामा नेपाल १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू