अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

ओली र प्रचण्डबीच एमसीसीमा सहमति भएपछि मात्रै सभामुखको टुंगो लाग्छ – कांग्रेस सांसद सिंह

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:२२ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पूर्वमाओवादीले नै सभामुख पाउने दावी गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसी संसदबाट पास गर्न सहमत गराउने र सभामुखमा पूर्वमाओवादीलाई समर्थन गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।

नेता सिंहले सत्य निरुपण तथा मेलमिलाप आयोगमा प्रधानमन्त्री केपी शर्मा ओली बाधक भएको दाबी गर्दै अहिलेको सरकार तत्काल द्वन्द्वकालीन मुद्दालाई समाधान गर्ने पक्षमा नरहेको टिप्प्णी गर्नुभयो । तत्कालीन द्वन्द्वरत माओवादी र सातदलबीच शान्ति वार्ता गराउन सक्रिय भूमिका खेल्नुभएका नेता सिंहले ओलीले नै अनिच्छा देखाउँदा टीआरसीबाट द्वन्द्वकालीन मुद्दा किनारा नलागेको ठहर गर्नुभयो ।

नेकपाले उपसभामुख कांग्रेसलाई दिनेमा सिंहको आशंका रहेको छ । नेकपाभित्र प्रधानमन्त्री ओली निर्णायक भए उपसभामुख राजपाले पाउने र प्रचण्ड निर्णायक भए उपेन्द्र यादव नेतृत्वकव समाजवादीले पाउन सक्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू