अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

पर्यटनमन्त्री मन्त्री भट्टराईद्धारा अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:१८ मा प्रकाशित

अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ । मंगलवार आयोजित एक कार्यक्रका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्तरुपमा भ्रमण बर्षको शुभारम्भ गर्नुभएको हो ।

सिड्नीको सर्कुलर क्युवेमा आयोजित कार्यक्रममा सिड्नीका विभिन्न स्थानबाट सहभागिहरु आ–आफ्नो सांस्कृतिक पहिरनसहित कार्यक्रमस्थल पुगेका थिए । कार्यक्रम स्थलमा जाने क्रममा स्थानिय प्रहरीले मन्त्री भट्टराईसहित सहभागिहरुलाई केहिबेर रोकेको पनि थियो ।

ठूलो संख्यामा र्यालीसहित सहभागिहरु सडकमार्ग प्रयोग गरी ओपेरा हाउसतर्फ व्यवसायिक ब्यानरसहित जान खोज्दा सिड्नी सुरक्षाकर्मीले राकेको थियो । कार्यक्रमका क्रममा डढेलो पीडितका लागि सहयोग जुटाउन सहभागिहरुले चन्दा बाल्टिन समेत बोकेका थिए ।

कार्यक्रममा मन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनता अष्ट्रेलियाको दुःखमा साथमा रहेको बताउनुभयो । न्यु साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डी ले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुले देखाएको साथ र सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू