अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत नगर्न आईजीपी खनालको आग्रह

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:२५ मा प्रकाशित

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । १० औं नेफ्टा अवार्ड घोषणा समारोहमा उहाँले चलचित्रमार्फत समाजमा महत्त्वपूर्ण प्रभाव पर्ने भन्दै प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्दा प्रहरीलाई समाजले सोही रुपले लिने भएकाले सकारात्मक भूमिकामा प्रस्तुत गरिदिन आग्रह गर्नुभयो

प्रहरी महानिरिक्षक खनालले चलचित्रकर्मीहरुले प्रहरीको भूमिकालाई सकारात्मक देखाए प्रहरीप्रति समाजमा रहेका भ्रमहरु हट्न सघाउ पुग्ने धारणा राख्नुभएको छ । यस्तै खनालले प्रहरीको विषयमा फिल्म बनाइए संगठनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू