अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै विरोध प्रदर्शन

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:२१ मा प्रकाशित

प्रदेश ३ को नाम बाग्मती राख्न खोजेको भन्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन भएको हो ।

विभिन्न जातीय संघसंस्थाले प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । आजदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु भएकाले उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू