अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

नेपालमा किशोरीको अवस्था अझै उच्च जोखिममा– मानवअधिकार आयोग

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:१४ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा किशोरीहरूको अवस्था उच्च जोखिममा रहेको बताएको छ । ‘नेपालमा बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले यस्तो ठहर गरेको हो । मानव बेचबिखन र बालबिवाहका कारण किशोरी उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले बताउनुभयो ।

उहाका अनुसार नेपालमा २६.३ प्रतिशत बालबालिका बालबिवाहको प्रत्यक्ष चपेटामा परेका छन् भने २६ प्रतिशत बालिका बेचबिखनमा परेका छन्। नेपाल, भारत र बंगलादेशमा सबैभन्दा बढी बालिका बेचबिखनको सिकार बन्ने गरेको अन्सारीको भनाई थियो ।

जसमा १८ वर्षमुनिका धेरै छन्। बालविकास खोजतलास केन्द्रका तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/२०७६ मा २ हजार ४८१ जना बालबालिका हराएकोमा १ हजार २ सय २४ जना मात्रै फेला परेका छन्। फेला नपरेका १२५७ मध्ये अधिकांश बालबालिका बेचबिखत तथा जबरजस्ती श्रमको शिकार भएको हुन सक्ने आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू