अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

नेपाली सेनाको एकीकरण पदयात्रा टर्च र्याली नुवाकोट पुग्यो

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:११ मा प्रकाशित

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको टोलीले सुरु गरेको पदयात्राको टर्च र्याली नुवाकोट पुगेको छ । यही पुस १९ गते गोरखाबाट सुरु भएको र्याली धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाडौं पुग्नेछ ।

पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबारअगाडि हुने कार्यक्रममा सो र्याली सहभागी हुने कार्यक्रम रहेको छ । जंगीअड्डाको निर्देशनअनुसार एकीकरण टर्च र्याली गरिएको हो । गोरखाबाट टर्च र झन्डा बोकेर हिँडेको सेनाको टोलीले धादिङको सैनिक टोलीलाई टर्च र झन्डा हस्तान्तरण गरेको थियो भने टोलीले नुवाकोटमा रहेको सैनिक टोलीलाई हस्तान्तरण गरेको थियो ।

सेनाले ऐतिहासिक पदमार्ग पहिचान, विकास र संरक्षणमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा पदमार्गमा पर्यटक र पदयात्री पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू