अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०९ | Colorodo: 12:24

प्रदेश तीनको राजधानी र नामको बारेमा शीर्ष नेतृत्वसंग छलफल हुने

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:०८ मा प्रकाशित

प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्य बिभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश तीन कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ । दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य सहितका पदाधिकारीको छ ।

प्रदेशसभा संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केन्द्रीय सदस्यहरु सम्मिलित संयुक्त बैठकमा नाम र राजधानीबारे पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू