अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

मलेसियामा सम्पन्न मिसेस् टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई

बिआरटीनेपाल २०७६ पुष २० गते ९:११ मा प्रकाशित

मलेसियाको क्वालालाम्पुरमा शनिवार बेलुका सम्पन्न मिसेस् टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाइनलमा नेपाली चेली शिलास्मा हमाल मल्ल ताज हात पारेकी छन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउँदै विजेता भएकी हुन् । उक्त विशेष कार्यक्रममा २१ देशका महिलाहरू यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस् टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्ततः उत्कृष्ट हुँदै वल्र्ड तर्फको शीर्ष उपाधि र ताज जितेकी छिन् ।

नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस् टुरिजम एम्बेस्डर २०२० विजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिइन् ।

उपाधि जितेपछि शनिवार बेलुका ब्युटी न्युज नेपालसँग कुरा गर्दै शिलास्माले भनिन्,‘आज बेलुका मलेसियामा भएको मिसेस् टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाइनलमा मैले वल्र्ड तर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट साबित गरेको छु । एसिया, युरोप, अफ्रिका लगायतका महाद्वीपका २१ जना महिलाहरू भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेसियाले जितेको छ ।’

अब उनी नेपाल फर्कने छिन् । त्यसपछि सबैसँग खुसी साट्ने उनले बताएकी छिन् । केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज जितिसकेकी छिन् । उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रूपमा चिनिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू