अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

नेता सिटौला र डा.कोइराला एउटै मालामा, भन्छन् , “पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजियो”

बिआरटीनेपाल २०७६ पुष २० गते ८:२५ मा प्रकाशित

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापती शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको आरोप लगाउनुभएको छ । सभापती देउवाले बिधान लत्याउककदै अगाडी बढेका कारण पार्टीभित्र सहमति र सहकार्यको लागी अबरोध सिर्जना भएको बताउनुभयो ।

देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गर्नुभयो– “हिजो गिरिजाप्रसाद कोइराला र सशील कोइराला सभापती र रामचन्द्र पौडेल कार्यबाहक सभापती हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाई सभापती हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउककन कस्ले रोक्यो ? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने ?” जीपी कोइराला फाउण्डेशन प्रदेश–१ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै सिटौलाले सभापतीको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापती नहुन देउवालाई चेतावनी दिनुभयो ।

कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले कम्युनिष्टहरुसंग लड्नुपर्ने समयमा सभापतीकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताउनुभयो । डा. कोइरालाले सभापती कांग्रेसको घरमुली भएको बताउककदै घरभित्रको फरक बिचार र असन्तुष्टीको सम्बोधन गरेर सबैलाई सककगै हिडाउने काम देउवाकै भएको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसको इतिहाँसमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले अहिले आएर बहुमतको आधारमा निर्णय हुनु पार्टीकै निम्ती दुर्भाग्य रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापती गोबिन्द ढुंगाना, धनकुटा कांग्रेसका सभापती अग्नीप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ् लगायतले आआफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा आयोजकले सिटौला र डा. कोइरालालाई एउटै माला लगाइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू