अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

नेकपाको सचिवालय अपूर्ण – नेता नेपाल

बिआरटीनेपाल २०७६ पुष २० गते ८:२२ मा प्रकाशित

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको सचिवालय अपुर्ण रहेको टिप्पणी गर्नुभएको छ । पुष्पलाल मित्रता केन्द्रद्वारा आइतबार धनगढीमा आयोजित कार्यक्रममा उहाँले सचिवालय अपूर्ण रहेको बताउनुभएको हो ।

उहाँले नाम उल्लेख नगरिकन पूर्व एमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य तथा उपमहासचिव घनश्याम भुषाललाई पनि सचिवालयमा ल्याउनु पर्ने आशय ब्यक्त गर्नुभयो ।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा टिप्पणी गर्दै नेता नेपालले राष्ट्र हितमा नहुने कुनै पनि सहयोग स्वीकार गर्न नसकिने प्रष्ट पार्नुभयो । कालापानीको विषय पनि छलफल र तथ्य प्रमाणको आधारमा टुंग्याउनुपर्ने नेता नेपालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू