अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 04:12

गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि चीनमा

बिआरटीनेपाल २०७६ पुष २० गते ८:२२ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन भ्रमणमा जानुभएको छ । मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बादल त्यसतर्फ जानुभएको हो ।

सरकारले यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको थियो । नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू