अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

१२२ चिनियाँ नागरिक एक हजार जरिवानासहित छुटे

बिआरटीनेपाल २०७६ पुष २० गते ८:२० मा प्रकाशित

विभिन्न माध्यमबाट चीनविरुद्धको गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक एक हजार रुपैयाँ जरिवानामै छुटेका छन् । पुस ७ गते पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार जरिवाना तिराएर छोड्न आदेश दिएको छ । अदालतको आदेश लगत्तै प्रहरीले उनीहरुलाई प्रकृया मिलाएर रिहा गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयमा‘ चिनियाँ नागरिकको कुनै कसूर नभेटेको’ भन्दै ‘अभद्र व्यवहारसम्बन्धी’ मुद्दामा अनुसन्धानको लागि प्रतिवेदन बुझाएको थियो । पक्राउ परेका चिनियाँ नागरिकले पनि अभद्र व्यवहारसम्बन्धी’ मुद्दा स्वीकार गरेका छन् ।

उनीहरुले मुद्दा स्वीकार गरेपछि अदालतले उनीहरुलाई एक हजार जरिवाना गराएर छोड्ने आदेश दिइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी गराउनु भएको छ । ‘प्रतिवादीले आरोप सकारेको हुनाले थप बुझ्नु पर्ने देखिएन’ अदालतको आदेश उद्धृत गर्दै उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू