अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

राप्रपा संयुक्तद्वारा देशव्यापी आन्दोलनको घोषणा

बिआरटीनेपाल २०७६ पुष २० गते ८:१७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने भएको छ । सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

आज काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको तयारी समेत गरेको छ । पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले भारी बहुमतबाट बनेको वर्तमान सरकारले जनचाहना पुरा गर्न नसकेको भन्दै आन्दोलनलाई सशक्त बनाउने भन्ने विषयमा बैठकमा गम्भिर छलफल भएको बताउनुभयो ।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनलाई सशक्त बनाइने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू