अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

देशभरका खरका छाना सरकारले विस्थापित गर्छ – मन्त्री अर्याल

बिआरटीनेपाल २०७६ पुष २० गते ८:१२ मा प्रकाशित

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छानो विस्थापित गर्ने अभियानमा लागेको बताउनुभएको छ । खरको छाना विस्थापित गर्ने अभियान अन्तरगत स्याङ्जाको वालिङमा खरको छाना भएका स्थानीयलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख लक्ष्य खरका छाना विस्थापित गर्ने रहेको बताउनुभयो । सरकार सन् २०३० सम्ममा नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको उहाको भनाई थियो ।

आयोजित कार्यक्रममा वालिङका स्थानीयलाई उहाँले सुरक्षित जनता आवासका लागि पहिलो किस्ताको ३० हजारको चेक हस्तान्तरण गर्नुभएको छ । खरको छानोमा छिट्टै आगोलागि हुने भन्दै उहाँले यो वर्ष २ सय २० खरको छाना हटाउने उदेश्य रहेको जानकारी गराउनुभयो ।

स्याङ्जाको वालिङ, गल्याङ, चापाकोट, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी पाँचवटा पालिकामा रहेको दुई सय ५० खरको छाना हटाईनेछ । बाँकी खरको छानाको भने लगत संकलन गरी केहि समयपछि खरको छानो हटाईनेछ । मन्त्री अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो लगाउने कामको सुरुवात आजबाट गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू