अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी

बिआरटीनेपाल २०७६ पुष २० गते ८:१० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा अमेरिकाले आक्रमण गर्ने चेतावनी दिनुभएको छ । अमेरिकी सम्पति या मानिस कोहीलाई आक्रमण गर्न खोजे झन् छिट्टै आक्रमण गर्ने ट्रम्पले चेतावनी दिनुभएको हो । ट्रम्पको यो भनाई इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएपछि आएको हो ।

शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानी मारिएका थिए । सुलेमानीको हत्यापछि इरानले सही समयमा अमेरिकासँग बदला लिने बताएको थियो । इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले अमेरिकासँग उचित बदला लिने चेतावनी दिनुभएको थियो ।

त्यस्ता ५२ क्षेत्र इरानले केही वर्ष पहिले नियन्त्रणमा लिएका आफ्ना नागरिकहरूको प्रतिनिधित्व हुनेगरी सूचीकृत गरिएको ट्रम्पको भनाइ छ । ट्रम्पले त्यस्ता ५२ क्षेत्र कुन कुन् हुन् भनेर विस्तारमा नखुलाए पनि इरान र यसको संस्कृतिका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू