अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

एफ. ए कप फुटवल– म्यानचेस्टर सिटी चौथो चरणमा

बिआरटीनेपाल २०७६ पुष २० गते ८:११ मा प्रकाशित

म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । साविकको विजेता सिटीले शनिबार राति भएको तेश्रो चरणको खेलमा पोर्ट भेललाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै चौथो चरण प्रवेश गरेको हो।

घरेलु मैदानमा भएको खेलमा सिटीले २० औं मिनेटमा जिनचेन्को गोलमा अग्रता लिएको थियो। त्यसपछि ३५ औं मिनेटमा पोर्ट भेलका पोपेले बराबरी गोल फर्काए । ४२ औं मिनेटमा सर्जियो अग्युरोले सिटीका लागि पुनः गोल गरे र पहिलो हाफ २–१ को अवस्थामा सकियो।

त्यसपछि म्यानचेस्टर सिटीले खेलको ५८ तथा ७६ औं मिनेटमा २ गोल गरी नतिजा ४– १ ले आफ्नो पक्षमा पार्यो । ती गोलहरू क्रमशः हार्वुड बेलिस र फिल फोडिनले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू