अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

सभामुखमा नेकपाको दावी– प्रवक्ता श्रेष्ठ

बिआरटीनेपाल २०७६ पुष २० गते ८:०८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुखको निर्वाचनमा आफ्नो पार्टीको दाबी रहेको स्पष्ट पार्नुभएको छ । पोखरामा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले सभामुख निर्वाचनमा पूर्व माओवादी या एमाले भनेर छनौट नहुने बताउनुभएको हो ।

नेतृत्वले उपयुक्त पात्रलाई सभामुख बनाउने भन्दै उहाँले पार्टी गुटको अन्त्यका लागि पनि पूर्व भन्ने अवस्थको अन्त्य गराउने उल्लेख गर्नुभयो । श्रेष्ठले आफू राष्ट्रिय सभामा देश र जनताको हितका लागि केन्द्रीत रहेर सहभागि हुन लागेको जनाउनुभयो । पत्रकार सम्मेलनमा एससिसि प्रस्तावका बारेमा भने उहाँले कुनै धारणा राख्नुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू