अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

हचुवाको भरमा भ्रमण वर्ष घोषणा – नेकपा वरिष्ठ नेता नेपाल

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:२२ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले हचुवाको भरमा ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको टिप्पणी गर्नुभएको छ । शनिबार कन्चनपुरमा बेदकोट नगरपालिकाले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको अनुभव आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले सरोकारवालाहरुको राय–सुझावविना नै सरकारले हचुवाको भरमा भ्रमण वर्ष घोषणा गरेको बताउनुभयो ।

२० लाख विदेशी पर्यटक भित्र्याउन चुनौती रहेको भन्दै नेता नेपालले भ्रमण वर्षका लागि आवश्यक तयारी सरकारले नगरेको जिकिर गर्नुभयो । एक अर्को प्रसंगमा नेता नेपालले जनप्रतिनिधि र कर्मचारीहरूलाई प्रलोभनमा नपरी विकासका काममा ऐक्यबद्धता जनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू