अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

अन्यायपूर्ण एकता अस्वीकार्य हुने अनेरास्ववियू असन्तुष्ट समूहको भनाइ

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:१९ मा प्रकाशित

अनेरास्ववियूले केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय बनाउँदै एकता टुंग्याएपछि असन्तुष्ट समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य हुने जनाएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि भातृ विद्यार्थी संगठन पनि एक भएका थिए ।

लामो समयको अन्यौलतापछि हिजो अनेरास्ववियूले भागबन्डाका आधारमा एकता टुंग्याएको थियो । संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उनीहरूले अन्यायपूर्ण एकता सच्याउन पनि माग गरेका छन् । प्रचण्डलाई भेट्न उपाध्यक्ष पञ्चा सिंह, दिपक देवकोटा, रविकिरण यादवसहित प्रदेशका संयोजक मदन भट्टराई, सूर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मराज शाहीलगायत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू