अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

राजपाले तय गर्यो राष्ट्रियसभा उम्मेदवार

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:१८ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी राजपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । राजपाले प्रदेश दुइबाट राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बिहान बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवलाई अन्य समूहबाट उम्मेदवार बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । त्यस्तै, शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउन लागिएको यादवले बताउनुभयो । राजपाले प्रदेश २ बाट मात्रै राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश २ मा खाली हुन लागेका राष्ट्रियसभाका चार सिटका लागि राजपा र नेकपाले गठबन्धन गरेका छन् । दुवै पार्टीले २–२ सिट बाँडेका हुन् । यो प्रदेशमा प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीले पनि चुनावी गठबन्धन घोषणा गरेका छन् । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू