अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

स्पेनिस ला लिगामा आज ४ खेल हुँदै

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:०८ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुँदैछ । साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् । रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति ८ः४५ बजे खेल्दैछ । गेटाफेविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थानको बार्सिलोनाविरुद्ध दबाब कायम राख्न चाहन्छ । यस्तै गेटाफेलाई हराउन सके रियल केही घण्टाको लागि शीर्ष स्थानमा उक्लनेछ ।

लिग लिडर बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा राति १ः४५ बजे खेल्नेछ । लिगको पुछारमा रहेको टिमविरुद्ध जित निकाल्दै बार्सिलोना शीर्ष स्थान कायम राख्ने योजनामा हुनेछ । यस्तै एट्लेटिको मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग खेल्नेछ । अर्को खेलमा भ्यालेन्सिया र इबर भिड्ने छन् । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ भने दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ ।

प्रतिक्रिया