अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

पोखरामा औद्योगिक व्यापार मेला जारी

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:०६ मा प्रकाशित

पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी रहेको छ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार शनिबार मात्रै करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । शनिबारबाटै खुल्ला एकल नृत्य, पञ्चेबाजालगायतका प्रतियोगिता लगायतका कार्यक्रमहरु शुरु भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।

मेलाअन्तर्गत आइतबार आधुनिकतर्फ सन्तोष बस्याल, बबि सुनार , निष्कर्ष ब्याण्ड तथा लोकदोहारीतर्फ शिरिष देवकोटा, सरला पाण्डे, तारापति सुवेदी, निशा पोखरेल, निश्चल थापा मगर, कमला गैरे एवं हाँस्य तर्फ दीपक थापाको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू