अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

बुटिक होटेलसमेत अब सरकारको वर्गीकरणमा, साधारण बुकिट होटेलको मापदण्ड कम्तीमा तीनतारे सरह

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:०५ मा प्रकाशित

सरकारले अब हेरिटेज तथा बुटिक होटेलहरूलाई समेत वर्गीकरण गरी प्रमाणपत्र दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटेल तथा रिसोर्टहरूसम्बन्धी ल्याएको नयाँ मापदण्डले हेरिटेज र बुटिक होटेललाई समेत वर्गीकरण गरेको हो ।

बुटिक होटेलका नाममा खुलेका होटेलहरू अब सेवा र सुविधाको हिसाबले समेत ‘लक्जरी’ हुनुपर्ने छ । बुटिक होटेलहरू अब तीन प्रकारका हुनेछन्, साधारण, डिलक्स र लक्जरी । सेवा तथा सुविधाका दृष्टिकोणबाट साधारण बुटिकको स्तर तीनतारे, डिलक्स बुटिकको स्तर चार तारे र लक्जरी बुटिकको स्तर पाँचतारे रहने गरी वर्गीकरण गरिएको छ ।

तर, कोठाहरूमा भने पाँचतारेकै हाराहारी संख्या चाहिँदैन । कम्तीमा ३५ कोठा भएको बुटिक होटेलले समेत लक्जरी स्तरको मान्यता पाउने छ । कम्तीमा २५ कोठा भएको बुटिक होटेलले डिलक्स र कम्तीमा १५ कोठा भएको बुटिक होटेलले साधारण बुटिक होटेलको मान्यता पाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू