अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

गायिका अञ्जु पन्तले माझी समुदायका लागि ३५ घर बनाउँदै, सहयोगको आग्रह

बिआरटीनेपाल २०७६ पुष १९ गते २:१८ मा प्रकाशित

गायिका अञ्जु पन्तले दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाउने घोषणा गर्नुभएको छ । अञ्जु पन्त फाउन्डेशन मार्फत उहाँले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमीनमा ३५ घर बनाइदिने घोषणा गर्नुभएको हो ।

उक्त समुदायले माछा मारेर र दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको छ । गायिका पन्तले आफूले गीत गाएर ५ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिँदै बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउन अग्रसर भएको जानकारी दिनुभयो ।

पर्टेवा पुगेर उनले त्यहाँको दलित बस्ती पानीले डुबाउँदा आफू रातरातभर रोएको स्थानीयसँग बताउनुभयो । स्थानीयको दुःख देख्दा आफ्नो मन रोएको भन्दै आफूले सहयोग गर्ने आँट गरेको पन्तको भनाई थियो । उहाँले आफूसँग ५ लाख रुपैयाँ रहेको र अब सांगीतिक कार्यक्रमबाट रकम संकलन गर्दै जाने उल्लेख गर्दै थप सहयोगका लागि अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू