अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

मापदण्ड विपरीतका बालगृहबाट ८० बालबालिकाको उद्धार

बिआरटीनेपाल २०७६ पुष १९ गते २:१४ मा प्रकाशित

राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७५र०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनु्भयो । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला समाज काठमाडौँबाट ती बालबालिकाको उद्धार गरेको हो । आर्थिक वर्ष २०७४र०७५ मा ९ बालगृहबाट १४७ बालबालिकाको उद्धार गरिएको थियो ।

विसं २०६९ देखि लागू गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचारको अन्तिम उपाय सुनिश्चित गरिनुपर्ने, बालगृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने र बालबालिकालाई बालगृहमा भर्ना गर्ने बित्तिकै आवास, पोशाक र भोजनको व्यवस्था गर्नुपर्नेलगायतका मापदण्ड राखिएको छ ।

विसं २०७६ असार मसान्तसम्ममा ४६ जिल्लामा ५३३ बालगृह छन् । ती बालगृहमा १५ हजार ५६५ बालबालिका संरक्षित छन् । अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ ।

परिषद्का अनुसार २७ जिल्लाका १४७ धार्मिक सङ्घसंस्थामा ६ हजार ६८६ ९पाँच हजार २३४ बालक र १ हजार ४५२ बालिका आवासीय छन् । पचहत्तर जिल्लामध्ये ४५ जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार झापा, प्यूठान, पाँचथर, धादिङ, दैलेख, ओखलढुङ्गा, कञ्चनपुर, भोजपुर, मुगु, स्याङ्जा, भक्तपुर, इलाम, मकवानपुर, हुम्ला र काठमाडौँलगायतका २७ जिल्लाका धार्मिक सङ्घसंस्थामा बालबालिका आवासीय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू