अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

उखु किसानको बक्यौता रकम १ बर्षभित्रमा तिरिसक्न अन्नपूर्ण सुगर मिल तयार

बिआरटीनेपाल २०७६ पुष १८ गते ७:१३ मा प्रकाशित

उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण चिनी मिल तयार भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाउनुभएको छ ।

अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई हिजो र अस्ति गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी पनि दिनुभयो । अग्रवालले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ ।

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू