अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

उखु किसानको भुक्तानी पुस २५ भित्र गर्न कनोडियालाई नेपाली कांग्रेसको निर्देशन

बिआरटीनेपाल २०७६ पुष १८ गते ७:०५ मा प्रकाशित

नेपाली कांग्रेसले महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी तत्काल गर्न निर्देशन दिएको छ । प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्यसमेत रहेका उनलाई यही पुस २५ गतेभित्र किसानको बाँकी रकम भुक्तानी गर्न निर्देशन दिइएको हो ।

कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य बनेका कनोडियालाई सो मितिभित्र किसानको रकम भुक्तानी गरेर त्यसको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराउन भनिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शमाले शुक्रबार दिउँसो ट्वीट गर्दै यस्तो जानकारी गराउनुभएको हो । कनोडिया सर्लाहीको गोडैटा नगरपालिका–६, बगदहस्थित महालक्ष्मी सुगर मिलका मालिक हुन् । उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’बाट प्रदेशसभा सदस्य छन् ।

यसअघि, बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई अपिल गरेको थियो । त्यसको प्रभावकारी पहल गर्न सरकारसित मागसमेत गरेको थियो । उखुको रकम भुक्तानी नपाएका किसानहरु पछिल्लो समय राजधानी आएर आन्दोलनरत् छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू