अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

सिद्धबाबाको बिषयमा कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश

बिआरटीनेपाल २०७६ पुष १८ गते ७:०३ मा प्रकाशित

महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्ने आदेश दिएको चारदिनपछि उच्च अदालत विराटनगरले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

आज उच्च अदालत विराटनगरका मुख्य न्यायधिस तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन भिकाउने आदेश दिएको हो । गत मंसिर १६ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने गरी छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशको तीन दिनपछि सरकारी वकिलको कार्यालय सुनसरीले हिजो उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएको थियो ।

आज मुख्यन्यायाधीश श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिनुभयो । गत कात्तिक ४ गते राति महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा गिरी मंसिर १६ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू