अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ – चीन

बिआरटीनेपाल २०७६ पुष १८ गते ६:५६ मा प्रकाशित

अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिनुभएको छ । राजदूत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पार्नुभयो । यसको उदाहरणका रुपमा उहाँले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको उल्लेख गर्नुभयो ।

पत्रकारले राजदूत होउ आफ्नो पदावधि नसकिँदै फर्किन लागेको चर्चाबारे प्रश्न गर्दा उहाँले त्यसलाई इन्कार गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू