अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत भोलि र पर्सीका खेल स्थगित

बिआरटीनेपाल २०७६ पुष १८ गते ६:५५ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत भोलि र पर्सी तय भएको खेलहरु स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब मौसमको कारण देखाउदै भोलि र पर्सीका खेलहरु स्थगित गरेको हो ।

लिगको पाँचौं चरण अन्तर्गत भोलि साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच खेल हुने तय थियो । यस्तै पर्सी हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुने तय भएको थियो ।

अब लिगको पाँचौ चरणका खेलहरु सोमबारबाट सुरु हुनेछ । पाँचौ चरणको सबै खेल दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू