अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

चितवनका एसपी मल्लले जिल्ला छाडे

बिआरटीनेपाल २०७६ पुष १८ गते ६:५७ मा प्रकाशित

राजनीतिक शक्तिको आडमा संगठनको चेन अफ कमाण्डलाई चुनौति दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवनबाट रमाना बुझ्नुभएको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरे पनि चितवन प्रहरी प्रमुखमा रहेका मल्लले निर्णय लत्याउँदै जिल्ला छाड्नुभएको थिएन ।

अति भएपछि ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडाले बिहीबार उहाँलाई १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन नै दिनु परेको थियो । शुक्रबार बिहान मल्ले आफ्नो बरबुझारथ गरेर जिल्लाबाट रमाना लिएको चितवन प्रहरीले जनाएको छ । मल्लको स्थानमा भने एसपी गंगा पन्तलाई सरुवा गरिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ समेत रहेका मल्लले शक्तिको आडमा आफ्नै नेतृत्वको निर्णयलाई लत्याएर सरुवा गरेको स्थानमा जान अटेर गरेको प्रहरीका एक उच्च अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू