अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

देशभरको मौसममा बदली , पोखरामा बिहानैदेखि हल्का वर्षा, चिसो बढ्यो

बिआरटीनेपाल २०७६ पुष १८ गते ६:४९ मा प्रकाशित

पोखरामा बिहानैदेखि हल्का पानी परिरहेको छ । पश्चिमी न्यूनचापिय प्रणालीका कारण अहिले पोखरा सहित देशभरको मौसम बदली भएको छ । आज दिनभर बदली रहेको मौसम राति पनि यस्तै रहने बताइएको छ । पोखरा लगायत पश्चिमका केहि भागमा अहिलेपनि पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

यस्तै देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भ– भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू