अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

फेरि सभापति बन्ने लोभमा देउवाले आन्तरिक कलह बढाए – नेतृ सुजाता कोईराला

बिआरटीनेपाल २०७६ पुष १८ गते ६:४९ मा प्रकाशित

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले फेरि सभापति हुने लोभमा पार्टीलाई समाप्त पार्न खोजेको आरोप लगाउनुभएको छ । प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सुजाताले सभापति देउवा गुटको राजनीतिमा केन्द्रित रहेका कारण अबको चुनावमा पार्टी झन् कमजोर हुने ठहर गर्नुभयो । काँग्रेसलाई भोट हाल्दा कार्यकर्ताको हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनुपर्ने उहाको भनाई थियो ।

पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र काँग्रेस बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कोईरालाले आगामी महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई कार्यकर्ताले जिताउनुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएकी नेतृ कोईरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने स्पष्ट पार्नुभयो । एक फरक प्रसंगमा उहाँले सरकारले ल्याउन लागेका केही विधेयक संविधान अनुकुल नरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू