अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

बिआरटीनेपाल २०७६ पुष १८ गते ०:२१ मा प्रकाशित

अंग्रेजी नयाँ वर्षकै दिन बुधबार अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको हो ।

नेपाली साथीहरुसँग बस्दै आएका तिमल्सिनाको गत सोमबार आफनै निवासको सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेको  थियो  । स्थानीय वर्लिगटनको‘ लेही हस्पिटल एण्ड मेडिकल सेन्टर’मा उपचारकै क्रममा उनको मृत्यु भएको बोस्टनस्थित ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले जनाएको छ। पोष्टमार्टमका लागि उनको शवलाई बोस्टन लगिएको छ। ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले मृतकको अन्त्येष्टिका लागि गोफन्डमा रकम संकलनको कार्यसमेत थालेको छ।

 २०१४ मा स्नातक तहको शिक्षाका लागि अमेरिका आएका तिमल्सिना, म्यासेच्युष्ट राज्यको क्वीन्सी कलेजमा अध्ययनरत थिए। आंशिक रुपमा उनी स्टोनहृयामकै एक रेस्टुरेन्टमा समेत काम गर्दै आएका थिए।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू