अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

नेकपाले कम्युनिस्ट पार्टीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार, नारायणकाजी र वेदुराम भुसाल पनि उम्मेदवार

बिआरटीनेपाल २०७६ पुष १७ गते २३:२० मा प्रकाशित

सत्तारुढ नेपाल कम्युिनस्ट पार्टी नेकपाले राष्ट्रिय सभाको उम्मेदवार टुंग्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हो ।

माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि सचिवालय बैठकले सातवटै प्रदेशमा उम्मेदवार हुने व्यक्तिहरुको टुंगो लगाएको हो । यसपटक यसअघि आएका व्यक्तिहरुलाई नदोहोर्याउने निर्णय बैठकले गरेको छ । पूर्वएमालेलाई ५६ र पूर्वमाओवादीलाई ४४ प्रतिशतका आधारमा भागबन्डा भएको छ ।

सचिवालयले प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, केन्द्रिय सदस्य बेदुराम भुसाल र गंगा बेलबासेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्वाचित हुने उम्मेदवारहरुको पदावधी ६ वर्षको हुनेछ । प्रदेश १ बाट महिलामा इन्दु गौतम, दलितमा गोपी अछामी र देवेन्द्र दाहाल, र प्रदेश २ बाट महिलामा तुलसा दाहाल र दलितमा राधेश्याम पासवान उम्मेदवार बन्नुभएको छ ।

यसैगरि प्रदेश ३ बाट महिलामा गंगा बेलवासे र बेदुराम भुसाल तथा गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश ५ मा विमला घिमिरे, गोपाल भट्टराई र अपाङ्गमा जगप्रसाद भट्टराई उम्मेद्वार बन्नुहुनेछ । यसैगरि कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र महिलामा सुनिता विसी तथा सुदूरपश्चिमबाट अन्यमा तारामान स्वँर र महिलामा शारदा भट्ट उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू