अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

लक्जेम्बर्ग निवासी बालहरि राईलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधि प्राप्त

बिआरटीनेपाल २०७६ पुष १७ गते ११:२० मा प्रकाशित

जनवरी १, २०२० का दिन सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानका तर्फबाट लक्जेम्बर्ग निवासी नेपाली युवा बालहरि राईलाई “नेपाली संस्कृति तथा सद्भावना राजदूत” को मानार्थ उपाधिले सम्मानित गरेको छ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार एवम् रोमानियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत नवराज पोखरेलले हार्दिक बधाई तथा शुभकामना दिँदै बालहरि राईलाई नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको सदस्यता प्रदान गर्नु भएको छ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरूलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट विशेष योगदान दिँदै आएका विदेशमा बसोबास गर्ने निम्न लिखित नेपालीहरूलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरिसकेको छ ।

उहाँहरू हुनुहुन्छ – दिनेश बाला श्रेष्ठ (इटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), वसन्त रानाभाट (स्पेन), विजय थापा (अमेरिका), पुरु जोशी (दक्षिण कोरिया), जीवन प्रसाई (स्पेन), डा. एलिनी पोखरेल सुबेदी (पोल्यान्ड), योगिता थापा (बेल्जियम), लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया), मदन दवाडी (बेल्जियम), डा. मनमूर्ति भुर्तेल (रसिया), राजन काफ्ले (आयरल्यान्ड) र मिलन घिमिरे (थाईलैण्ड) ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू