अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

इण्डोनेसियामा २४ वर्ष यताकै भीषण वर्षा, बाढीमा परि २१ को मृत्यु

बिआरटीनेपाल २०७६ पुष १७ गते ८:३३ मा प्रकाशित

इण्डोनेसियाको राजधानी जकार्तामा भारी वर्षा पछि आएको बाढीमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ वर्ष यताकै भीषण वर्षा असामान्य रहेको अधिकारीहरुले जनाएका छन् । शहर नजिकका बस्तीहरु पनि बाढीको चपेटामा परेका छन् ।

पूर्वी जकार्तामा रहेको विमानस्थलमा ३ सय ७७ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ । सन् २०१३ मा जकार्तामानै आएको बाढीमा परि ४७ जनाको मृत्यु भएको थियो । विज्ञहरुले सन् २०५० सम्म जकार्ता पूरै जलमग्न हुने सम्भावना औंल्याएका छन् । यही कारणले पनि राष्ट्रपति जोको विडिडोलले राजधानी पूर्वी वोर्निवोमा सार्ने योजना अघि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू