अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

अष्ट्रेलियामा संकटकाल घोषणा

बिआरटीनेपाल २०७६ पुष १७ गते ८:१९ मा प्रकाशित

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा संकटकाल घोषणा गरिएको छ । केही समयदेखि लागेको डढेलोको खतरा बढेपछि उक्त राज्यमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । शुक्रवार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि शुुरु हुने संकटकाल सात दिन रहने जनाइएको छ । अगामी हप्ता गत हप्ता जस्तै खतरा हुनसक्ने राज्य सरकारले जनाएको छ ।

सिड्नी शहर रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र हावा तीब्र चल्ने पूर्वानुमान मौसमविदहरुले गरेका छन् । यसबाट डढेलोको खतरा झनै बढ्ने अनुमान गरिएको हो । चार महिनाअघि सेप्टेम्बरदेखि लागेको डढेलोले अष्ट्रेलियामा १८ जनाको मृत्यु भइसकेको छ । अनियन्त्रित डढेलोले भिक्टोरिया र न्यू साउथ वेल्समा एक हजार २ सय घर जलेर खरानी भएका छन् । यस हप्तामा १७ जना मानिस हराइरहेको जनाइएको छ ।

खतरा भनिएका शहरबाट हजारौं हजार मानिस सुरक्षित स्थलतर्फ लगिएको छ । र यसलाई अहिलेसम्मकै ठूलो स्थानान्तरण भनिएको छ । न्यू साउथ वेल्सको २६० किलोमिटर लामो तटीय क्षेत्र शनिवार अगावै खाली गर्न निर्देशन दिइसकिएको छ । शहर छाड्नेहरुको लर्कोले सिड्नी र राजधानी क्यानबेरा जाने सडकमा जाम बढेको र पेट्रोल पम्पहरूमा लामो लाइन लागेको देख्न सकिन्छ । धुँवाले क्यानबेराको वायु प्रदूषण बिहीवार अहिलेसम्मकै खराब बनेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू