अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

बिआरटीनेपाल २०७६ पुष १७ गते ८:१७ मा प्रकाशित

चितवनका प्रहरी प्रमुख -एसपी -दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिईएको छ । सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई प्रदेश प्रहरीे कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको हो ।

प्रहरी कार्यालय हेटौंडाले पठाएको पत्रमा भनिएको छ ‘हालसम्म पनि सरुवा भएको दरवन्दीमा रवाना गरेको जानकारी नआएकाले प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको रवाना गरी जानकारी दिन निर्देशानुसार अनुरोध’। मल्लसहित २४ एसपीको पुस ४ गते सरुवा भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मल्लको सरुवा भएको थियो। मल्लले राजनीतिक संरक्षणको आडमा माथिल्लो तहको निर्देशन यसअघि पनि पटकपटक उपेक्षा गर्दै आएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू