अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

अमेरिकाका नेपालीहरूका लागि ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को औपचारिक घोषणा

बिआरटीनेपाल २०७६ पुष १७ गते ८:१४ मा प्रकाशित

‘मेरो डान्स कप’ को चौथो र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो । कार्यक्रम अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा हुनेछ ।

‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकका रूपमा रहनेछन् । अमेरिकाका विभिन्न सहरमा अडिसनबाट छानिएका २० जना नव प्रतिभाले यस रियालिटी सोमा सहभागिता जनाउन पाउने छन् । दुवै सोका विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्ने जनाईएको छ ।

दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहार पाउने आयोजकले जनाएको छ । इन्टरनेसनल होम केयरका सञ्चालक डिल्ली अधिकारीले सोको आयोजना हुन लागेको बताउनुभयो ।

सोको उद्घाटन कार्यक्रममा सहभागी हुन केकी अधिकारी बिहीबार अमेरिका जानुभएको छ भने अर्का निर्णायक प्रमोद खरेल भने केही दिनपछि जाने पत्रकार सम्मेलनमा जानकारी दिईयो । उद्घाटन कार्यक्रममा केकीसहित नेपाली मनोरञ्जन क्षेत्रका व्यक्तिहरूको पनि उपस्थित रहनेछ । दुवै सोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू