अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

कालापानी क्षेत्र भारतको रहेको भारतीय विदेश मन्त्रालयको दाबी

बिआरटीनेपाल २०७६ पुष १७ गते ८:०६ मा प्रकाशित

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले सीमाका सम्बन्धमा भारतीय पक्ष स्पष्ट रहेको बताउनुभएको छ । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा उहाँले भारतको मानचित्रले नै कालकापानी क्षेत्र भारतको सार्वभौम क्षेत्र भएको स्पष्ट दर्शाउने प्रष्ट पार्नुभयो ।

आफुहरुले नयाँ नक्सामा नेपालसँग जोडिएको भारतीय सीमामा कुनै फेरबदल नगरेको उल्लेख गर्दै कुमारले नेपालसँगको सिमाना राजनीतिक नक्सामा यथावत रहेको बताउनुभयो । सीमा समस्याबारे छिमेकीका गुनासा भारतीयनीतिअनुसार वार्ताद्वारा समाधान गर्ने कुरामा भारत सरकार दृढ रहेको उहाँले दोहोर्याउनुभयो । छिमेकी राष्ट्रसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको मध्यनजर गर्दै वार्ताका माध्यमबाट सीमाका विषय हल गर्ने प्रतिबद्धता समेत उहाकाले जनाउनुभएको छ ।

रविशले नेपाल र भारतका प्रधानमन्त्रीबीच बुधबार भएको छलफलमा कालापानीको विषय उठ्योकि उठेन भन्नेबारे आफूलाई जानकारी नभएको पनि उल्लेख गर्नुभयो । नेपालको तर्फबाट दुई नेताको फोनवार्तामा कालापानी क्षेत्रको मुद्दा उठेको थियो कि थिएन भन्ने आफूलाई औपचारिक जानकारी नभएको उहाँको भनाई छ । सिमानाको बारेमा भारतको स्पष्ट नीति रहेको बताउँदै कुमारले नेपालसँगको सीमा समस्या हाल अस्तित्वमा रहेका दुवै मुलुकका संयुक्त संयन्त्रले गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले विगतमा पनि भारतले नयाँ नक्सामा नेपालसँगको सिमानामा कुनै हेरफेर नगरेको दाबी गर्दै आउनुभएको थियो । यता नेपाल सरकारले भने भारतीय विदेश मन्त्रालयका यस्ता अभिव्यक्तिमा कुनै प्रतिक्रिया दिने गरेको छैन। नेपालले वार्ताद्वारा नै कालापानी क्षेत्रको समस्या समाधान गर्ने दाबी गर्दै आइरहेका बेला भारतबाट भने फरक खाले अभिव्यक्ति आइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू