अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपाबाहेकका दलसँग गठबन्धन गर्ने कांग्रेसको निर्णय

बिआरटीनेपाल २०७६ पुष १७ गते ७:५९ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अरु राजनीतिक दलहरुसँग गठबन्धन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनको मनोनयनपत्र दर्ताअगावै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाहेकका राजनीतिक दलसँग सहमति गर्ने निर्णय गरेको हो ।

गठबन्धन गर्ने जिम्मा केन्द्रीय समितिले पदाधिकारीहरुलाई दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । त्यस्तै, बैठकले राष्ट्रियसभाका लागि उम्मेदवार चयनको जिम्मा वरिष्ठ नेता रामचन्द्र, पौडेल, कृष्णप्रसाद सिटौलासहितका पदाधिकारीलाई नै दिएको छ ।

केही समय यता लगातार बैठक बहिस्कार गर्दै आएको असन्तुष्ट पक्षका नेताहरु बिहीबारको बैठकमा पनि सहभागी हुनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू