अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिसको दोस्रो जित

बिआरटीनेपाल २०७६ पुष १६ गते ८:१९ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले लिगमा दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन दुवै गोल सुमन लामाले गर्नुभयो । संकटाका अमित तामाङले एक गोल फर्काउनुभयो । जितसँगै पुलिस ४ खेलमा ७ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

संकटाले ४ खेलमा ४ अङ्क जोडेको छ । संकटाको यो दोस्रो हार हो । संकटा लिगको दशौँ स्थानमा छ ।

प्रतिक्रिया