अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

पारमाणविक तथा लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने किमको घोषणा

बिआरटीनेपाल २०७६ पुष १६ गते ८:१९ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ ऊनले पारमाणविक तथा लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गर्नुभएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएको बीबीसीले लेखेको छ ।

किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिनुभएको थियो । तर उहाँले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिनुभएको छ । उहाँले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताउनुभएको छ ।

किमको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताले ‘परमाणु निरस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षर’ गरेको प्रतिक्रिया दिनुभएको छ । किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताउनुभएको छ । सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू