अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

मौलिक हक हनन हुने गरी कानून नबनाउने सरकारको दाबी

बिआरटीनेपाल २०७६ पुष १६ गते ८:१७ मा प्रकाशित

सरकारले मौलिक हक हनन हुने गरी सरकारले कानून नबनाउने दाबी गरेको छ । राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले उहाँले विधेयकमा भएको प्रावधान लोकतान्त्रिक विधिबाट कार्यान्वयन हुने बताउनुभयो ।

कतिपय कानुन कार्यान्वयन तहमा जाँदा समस्या देखिएमा संशोधन गर्ने गरिएको बताउँदै मन्त्री खतिवडाले कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुरालाई अपवादका रुपमा लागु हुन्छ कि भनेर आशंका नगर्न आग्रह गर्नुभयो । अर्थमन्त्री खतिवडाले संविधानमा भएको मौलिक हक, गोपनीयताका हकसम्बन्धी व्यवस्थालाई प्रतिकुल असर पर्नेगरी कानुन नबन्ने दाबी गर्नुभयो ।

लोकतान्त्रिक विधिबाट जननिर्वाचित सांसदले बनाएको सरकारले बनाएका कानुन प्रयोग गर्ने विधि पनि लोकतान्त्रिक नै हुने उहाँले बताउनुभयो । संविधानले मौलिक हकको व्यवस्था गरे पनि नागरिकको पनि दायित्व हुने भन्दै मन्त्री खतिवडाले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भन्ने तर्फ पनि सचेत हुनुपर्ने बताउनुभयो ।

प्रतिपक्षी दलका सांसदले विरोधीलाई फसाउन विशेष सेवा विधेयक ल्याएको भन्दै आलोचना गरिरहेका बेला मन्त्री खतिवडाले अहिलेको अवस्थामा कसैले कसैलाई फसाउन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू