अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

अंग्रेजी नयाँ वर्ष २०२० लाई संसारभर हर्षोल्लासका साथ स्वागत

बिआरटीनेपाल २०७६ पुष १६ गते ८:१२ मा प्रकाशित

अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई हर्षोल्लासका साथ विश्वभर स्वागत गरिएको छ । न्युजिल्याण्ड र अस्ट्रेलिया लगायत विश्वभर नयाँ बर्षलाई भव्य रुपमा स्वागत गरिएको हो । सन् २०१९ लाई बिदा गरी नयाँ वर्ष २०२० को आगमनलाई अक्ल्याण्ड र सिड्नीका स्थानीयले एकै ठाउँमा भेला भइ आतिसबाजीका साथ हर्षोल्लासपूर्वक मनाएका छन् ।

अस्ट्रेलियाको ओपेरा र हार्बर हाउसमा नयाँ वर्षको स्वागतमा करीब २० लाख मानिसहरु जम्मा भएर खुसियाली मनाएको समाचारमा उल्लेख छ । यस्तै अंग्रेजी नयाँ वर्षलाई न्यूजिल्याण्डमा पनि मानिसहरु भेला भएर आतिसबाजीका साथ स्वागत गरेका छन्।

विश्वभरका मानिसहरु आ–आफ्नो देशका मुख्य शहरहरुमा नयाँ वर्ष २०२० लाई उमङ्ग र हर्षोल्लासका साथ स्वागत गरेका छन्। यस्तै जापान, दुबई, मस्को र लन्डनसहित लामो समयसम्म एक्लो बनेको याङ्गोनले पनि यस्तै कार्यक्रम आयोजना गरी नयाँ वर्षको आगमनलाई स्वागत गरेको छ ।

दुबईको बुर्ज खालिफा डाउनटाउनबाट समेत ३ घण्टाको समयसम्म चम्किला आतसबाजीको साथमा स्वागतको तयारी गरिएको छ भने चीनमा पनि नयाँ अंग्रेजीको वर्षको रौनकता छाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू