अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

सुनको भाउ फेरि उच्च विन्दुमा

बिआरटीनेपाल २०७६ पुष १५ गते ९:०३ मा प्रकाशित

पछिल्लो केही दिनदेखि लगातार बढीरहेको सुनको मूल्य यसअघिको उच्च मूल्यसँग बराबर भएको छ। आज प्रतितोला छापावाल सुनको ७३ हजार ५ सयमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा कारोबार भएको अहिलेसम्मकै उच्च मूल्य हो।

गत भदौ १८ मा सुनको उच्च मूल्यले यो कीर्तिमानी बनाएको थियो। सोमबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले बढेर ७३ हजार ५ सय पुगेको हो। यस्तै, तेजावी सुन भने ७३ हजार २ सयमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन्। सुनचाँदी व्यावसायी महासंघका महासचिव धर्मरत्न बज्राचायका अनुसार डलर कमजोर भएकाले सुनको मूल्य बढेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि बढीरहेको छ । सोमबार ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

प्रतिक्रिया